Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठमाडौं,  १७  साउन  । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन्।

नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

जयशंकर दुई दिने भ्रमणका लागि भदौंको पहिलो हप्ता नेपाल आउने गरी तयारी अघि बढाइएको छ। आधिकारिक रुपमा मिति तय हुन बाँकी छ। भ्रमणका बेला दुई देशको आपसी हित र सहयोगका बारेमा महत्वपूर्ण भेटवार्ता हुने बताइएको छ।

स्रोतका अनुसार विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन्। जयशंकरले नेपाल रहँदा राष्ट्रपति, प्रधानमन्‍त्री, प्रमुख दलका प्रमुखहरु तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमण तालिकालाई अन्तिम रुप दिने तयारी छ। भारतीय राष्ट्रपति निकट भविष्यमै नेपाल आउँदैछन्।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments