काठमाडौं, १७ साउन । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात विभिन्न कारणले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।
आयोगको साउन १६ गते भएको निर्णयअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारबाट र प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ र प्रदेशसभा निर्वाचन ऐ २०७४ बमोजिम उपनिर्वाचनको मिति तोकिएको जनाइएको छ ।
देशभरका ३७ जिल्लामा केही बाँकी रहेका गाउँपालिका, नगरपालिका, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य कूल ५० पदमा निर्वाचन हुने आयोगका प्रवक्ता एवम् सहसचिव शंकरप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।






