Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं,  १७  साउन  ।  नेपाल कराते महासंघले १३ औं सागका लागि टिम कुमुते तर्फ पहिलो चरणमा ३४ खेलाडी छनोट गरेको छ । बिहिबार सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन् । पुरुष तर्फ लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, राजेन्द्र कार्की, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लब श्रेष्ठ, शेखर श्रेष्ठ, सुशिल पौड्याल र विरबहादुर रनेनी रहेका छन् । साग पदकधारी बिनोद शाक्य, बिनोद महर्जन र राम लिम्बु पनि छनोट हुँदै टिममा पुनरागमन भएका छन् ।

यस्तै महिला तर्फ विभुषा थापा, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट भए । अमृता शाक्यको पनि राष्ट्रिय टिममा पुनरागमन भएको छ । करातेको टिम कुमुतेमा पुरुष तर्फ ७ र महिला तर्फ ५ खेलाडीहरुको सहभागिता रहने छ । पहिलो चरणमा पुरुष तर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

बास्केटबल
१३ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ । पुरुष टोली र महिला टोली कम्तीमा १ महिनासम्म धरानमै रहेर प्रशिक्षण गर्ने नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् । सागमा नेपालले ५ अन ५ तथा ३ अन ३ स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । अन्तिममा पुरुष÷महिलातर्फ ५ अन ५ मा समान १२–१२ तथा महिलामा समान ४–४ खेलाडी छनोट गरिने बास्केटबल संघले जनाएको छ । प्रशिक्षणमा ५ प्रशिक्षक संलग्न छन् ।

साग कुस्ती बन्द प्रशिक्षणमा

१३ औं साग खेलकुद प्रतियोगिताका लागि कुस्तीको बन्द प्रशिक्षण हेटौंडाको कभर्डहलमा सुरु भएको छ । नेपाल कुस्ती संघको आयोजनामा सागमा सहभागिता जनाउने खेलाडी छनौटका लागि बन्द प्रशिक्षण सुरु गरिएको हो । पहिलो चरणमा २ महिना प्रशिक्षण हुनेछ । दुई चरणमा हुने प्रशिक्षणमा महिला र पुरुष गरी ४० कुस्तीबाजले प्रशिक्षण गर्नेछन् । महिला र पुरुषका १० वटा तौल समूहमा विभाजन गरी प्रशिक्षण गराइने कुस्ती मुख्य प्रशिक्षक व्रह्मदेवप्रसाद यादबले बताउनुभयो । पहिलो चरणको बन्द प्रशिक्षणबाट प्रतिष्पर्धा गराएर प्रथम हुने खेलाडीलाई दोस्रो चरणको प्रशिक्षण प्रदान गरिने यादबले बताउनुभयो ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments