Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

दिलिप भण्डारी
घर समाज र देशमा प्रगतिशिल रुपान्तरण गर्दै समृद्ध शान्त घर , समाज र देश बनाउन राजनैतिक विचार अनि दर्शनको राम्रो अध्ययन गर्नैपर्ने हुन्छ । अध्ययन पश्चात आफुले तय गर्ने यात्रा निक्र्यौल गर्नु पर्छ । यात्रामा हिंडे पश्चात सफलता प्राप्त गर्ने शहनशिलता र इच्छाशक्ति हुनै पर्छ र छैनभने बनाउनु पर्छ । निस्वर्थ भावनाले प्रत्येक क्षण सकरात्मक सोचका साथ आफूले आफूलाई कृयाशिल बनाउनु पर्छ ।

काम गर्ने शैली सटिक र दुरगामी सोचलाई हेक्का राखेर छान्नु पर्छ । काम थाल्नु अघि मुख्य चुरो कुरो (समस्या) चिन्नु पर्छ । काम र कार्यक्रममा सहभागिताको निरन्तर चक्र चलिरहदा आइपर्ने आर्थिक समस्याको निराकरणको लागि इमान्दार बनेर , मेहेनती बनेर , मितब्ययी बनेर आयको बिभिन्न उपाय अवलम्बन गर्नै पर्छ ।

आफ्नो ब्याक्तिगत जीवन, घरायसी जीवन र सामाजिक गतिबिधिमा कृयाशिल रहने समयको वीचमा आफुलाई निकै संयमित बनाउनु पर्छ, समयको ब्यवस्थापन ठीक ढंगले गर्नुपर्छ । खानपिन, दैनिक जीवन, वोलीवचन, पहिरनहरु व्याक्तित्व निर्माण अभियानका मूल कडि हुने हुँदा कतिबेला के खाने, के बोल्ने, कस्तो लगाउने भन्ने बिषयमा बिशेष ध्यान दिनु पर्छ ।

तपाई एक युवा हुनुहुन्छ र समाजसेवा , राष्ट्रसेवामा समर्पित हुन लाग्नु भएको छ भने तपाईले प्रत्यक दिन के कति समय यस गतिविधिलाई दिनुहुन्छ ? तपाई कुन दर्शनलाई आत्मासात् गर्दै यस अभियानमा सकृय हुनुभएको हो ? तपाईको इमान्दार व्याक्तित्व, सहनशिलता, दृढतापूर्वक सत्यको पक्षमा बोल्ने साहाषको तपाई स्वयम्ले आत्मासमिक्षा नगरी राजनीति र सामाजिक कार्यकर्ता बनेर आफ्नो समय बर्बाद नगर्नुहोस र तपाइको घर गृहस्थि जीवन समाज र राष्ट्रलाई धोका नदिनु होस।

तपाई समाजका विभिन्न गतिविधिमा संलग्न हुँदा धेरैले तपाईबाट केहि आसा गर्न थाल्छन् । तपाईले त्यस बखतमा (समयमा) समाजका चालु कार्यक्रम र कृयाशिल समूहलाई चुनौति दिन थाल्नुभएको हुन्छ । तर तपाईमा भोगविलासमा रमाउने, बेइमान बनेरपनि धनदौलत कमाउने, छोटो समयमानै उल्लेखनीय प्रगति गर्ने महत्वकाँक्षाले तपाई स्वयंलाई बर्बाद त गर्छ नै तपाईको टोलसमाज र राष्ट्रलाई पनि धोका हुनजान्छ ।

समयको गति यती धेरै छिटो छ की देख्दादेख्दै मानिस जन्मिएर वालक, युवा, जवान, र बुढो भएको कति समय पनि थोरै लाग्छ । तपाईले पाएको अमूल्य जीवनको भावनामा वगेर हैन बस्तु निष्ठ मुल्याङ्कनका साथ केहि समय व्याक्तिगत जीवन,समाज, र राष्ट्रलाई समृद्ध बनाउन प्रेरित गर्नुहोस्, क्रियाशिल रहनुहोस सुखद दिन, सुखद भबिष्य र समृद्ध देश निर्माण गर्न हजारौं युवा तपाईको सिको सिक्दै तपाईको कामको, विचारको, र इच्छाशक्तिको उच्च मूल्यांकनका साथ तपाईलाई प्रेरणाको श्रोत ठानेर आफू स्वयंलाई दक्ष बनाउदै समाज र राष्ट्र निर्माणमा जुट्ने छ । तपाईको असल सोच र कार्य प्रगतिले ल्याउने क्रान्तिले युवा वर्ग, राजनीति र देशलाई समृद्ध बनाउने छ ।

गौरादह- ३ झापा

तपाईको प्रतिक्रिया