गौरादह, १५ जेठ । गौरादहमा सञ्चालन भएको प्रदेश स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधी सूर्य श्रेष्ठ र विसाल तामाङको टोलीले जितेको छ ।
अतिथि सदन भवनको कर्वड हलमा सम्पन्न फाइनल खेलमा सूर्य श्रेष्ठ र बिसाल तामाङ धरानको टोलीले प्रकाश राई र रविन साउदेनको टोलीलाई २१–१६, २१–१९ को सोझो सेटमा पराजित गरेको हो । जित सँगै विजेता टोलीले नगद ४१ ह्जार र उपविजेताले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।त्यसअघी तेस्रो स्थानका लागी भएको खेलमा सुदेन राई, नविन राई र सविन खनाल, पूर्ण बुढाको टोली सफल भएको थियो । जित सँगै तेस्रो हुने टोलीले १५ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
विजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पुरस्कार वितरण गर्नुभएको छ । खेलकुद विकास समितिका अध्यक्ष हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेल समिति संयोजक पूण्य प्रसाद सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो ।






