Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा – झापा गौरादहको सुरज शिक्षा प्रतिष्ठानले प्रत्येक बर्ष बिबिध कार्यक्रम गरेर सहिद दिवस मनाउने गरेकोमा यो बर्ष मंगलबार गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतिष्ठानले आफ्नो स्थापनाको सुरु देखि नै राष्ट्रिय दिवसहरुमा अभिभावक लक्षित बिबिध कार्यक्रम गर्ने गरेर आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । गत बर्ष सहिद दिवसको सन्दर्भमा संगिनी नृत्य प्रतियोगिता सम्पन्न गरेकोमा यस बर्ष लोकदोहोरी गाएन प्रतियोगिता गराएको हो ।

अन्तर समुह खुल्ल सो लोकदोहोरी गायन प्रतियोगितामा झापा जिल्ला भित्रका ११ वटा संघ संस्था तथा समुहहरु सहभागि थिए । सन्देशमुलक तथा मनोरञ्जनात्मक लोक गीत गायनले समाजको वास्तविकता चित्रण गर्नुका साथै समुदायका बिबिध मौलिकता, कला संस्कृति र भिन्न भिन्न विशेषता युक्त नेपाली जनमानसका पाटा पक्षलाई समेटेर समाजलाई एकताबद्ध गर्दै अगाडि बढाउन सहयोग पुर्याउने प्रतियोगिताका निर्णायक इन्द्र न्यौपानेले बताए । प्रतियोगितामा दुर्गा मन्दिर गौरादह समूह प्रथम, जागरुक महिला समूह द्वितीय तथा पञ्चेश्वर समूह तृतीय भएका थिए ।

कार्यक्रममा अगुवा शैक्षिक तथा सामाजिक ब्याक्तित्वहरु इन्द्र न्यौपाने, सुरेश बहादुर पौडेल, गोपाल काफ्ले, खगेन्द्र न्यौपाने, योगराज दहाल, अम्बिका दहाल, अम्बिका पौडेल, गंगा कार्की, देबु निरौला सहभागि कलाकार तथा थुप्रै दर्शकहरुको समेतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका संचालक तथा निर्देशक भोजराज दहालले राष्ट्रिय दिवसहरु विद्यालयमा विबिध कार्यक्रम गरेर मनाउन पर्ने जसले गर्दा विद्यार्थीहरुले दिवसहरुको महत्व बुझ्न सजिलो हुने र ब्यवहारिक हुने भएकाले दिवसहरुमा विद्यालय छुट्टी गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । संचालक दहालका अनुसार सुरज शिक्षा प्रतिष्ठानले यस्ता दिवसहरुमा विद्यालय लगाउने तथा बिबिध रचनात्मक कार्यक्र गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments