Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

चिसोबाट बच्नका लागि यस्तो खाने कुरा खानुस् जसले तपाईको चिसो चट हुन सहयोग गर्छ । यस्तो चिसोको मौसममा रुघा खोकी, घाँटि दुख्ने,टाउको दुख्ने जस्ता बिरामी हुन्छन् । बिरामीबाट बच्ने तेजपत्ता ,जायफल र मरिच जस्ता मसला खाएमा चिसोबाट बच्न सकिन्छ ।

तेजपत्ता ः तेजपत्ताले चिसाबाट लाग्ने फ्लू सँग लड्न सक्ने शक्ति दिन्छ । दुइ कप पानीमा अलिकती तेजपत्ता,दुध,र चिनी मिलाई चिया जस्तै उमालेर दिनमा ३ पटक खाएमा चिसोबाट राहात मिल्छ । यसको अलव पानीमा तेजपत्ता उमालेर पिउदा पनि यसबाट बच्न धैरे सहयोग मिल्छ ।

जायफल ः हामी सबैलाई थाहानै छ जायफल गर्म मसाला हो । यसले तरकारीमा स्वाद बढाउने काम गर्छ । यसमा जीवसँग लड्ने क्षमाता हुन्छ । एक कप तातो दुधमा आधा चम्चा जायफलको पाउडर हाली खाएमा चिसोबाट बच्नको साथै साधारण बिरामी निको बनाउछन् ।

मरिच ः मरिच सुगंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो। आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरूमा भनिएको छ। भोक बढाउने र ज्वरो कम गर्न लाई दक्षिण भारतमा यसको विशेष प्रकारको ुरसमु खाना सँग पिइन्छ। भोजनमा मसलाको रूपमा यसको उपयोग सर्वत्र हुन्छ।

एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ । मरिच र दालचिनीको लेप बनाएर विहानरवेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments