Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

काठमाडौँ, ४ मंसिर २०८३ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्ड बिहीबार रुसबाट स्वदेश फर्किए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न लाइनमा बसेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकृत पक्राउ परे ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा मस्कोमा भएको विश्व सम्मेलनमा सहभागी भएर फर्केका प्रचण्डलाई भीआईपी कक्षमा स्वागत गर्ने क्रममा प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइराला पक्राउ परेका हुन् । चितवन घर भई हाल महाराजगन्ज बस्दै आएका ४५ वर्षीय इलेक्ट्रिक इन्जिनियर कोइरालालाई गृहमन्त्री सुधन गुरुङको ठाडो आदेशमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोही दिन संयुक्त अरब इमिरेट्स ९युएई० मा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भई गृहमन्त्री गुरुङ पनि एउटै विमानबाट काठमाडौँ फर्किएका थिए । विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न नेकपाका नेताहरू अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङसहित कर्मचारी कोइराला पनि लाइनमा उभिएको देखेपछि गृहमन्त्री गुरुङ आक्रोशित बनेका थिए ।

सरकारी कर्मचारी राजनीतिक नेताको स्वागतमा लाइनबद्ध भएको भन्दै गृहमन्त्री गुरुङले तत्काल उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएका थिए । गृहमन्त्रीको आदेशपछि खटिएका सुरक्षाकर्मीले कोइरालालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशाला पुर्‍याएका थिए ।

प्रहरी वृत्त गौशालाको अपराध अनुसन्धान शाखामा दिनभर सोधपुछ गरेपछि उनलाई बिहीबार साँझ मात्र रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले पुष्टि गरेका छन् । सरकारी कर्मचारीले पदीय मर्यादा विपरीत राजनीतिक नेतृत्वको स्वागत गरेको भन्दै गृहमन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक सँग रिसाएका थिए ।

गृहमन्त्री गुरुङ नोभेम्बर १६ देखी १८ सम्म आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया