झापा, १८ कार्तिक २०८३ । झापाको बिर्तामोडमा तीनवटा सवारी साधन एकापसमा जुध्दा दुईजना घाइते भएका छन् । गएराति ८:२५ बजे बिर्तामोड-३ स्थित किंग्सबरी होटेल अगाडी पूर्व पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको प्र१–०१–०१९प ९४८९ नं.को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको डब्लुबी७३सी ५३६६ नं।को ट्रक एकआपसमा ठक्कर खाँदा पुनः बिर्तामोडदेखि सुरुङगातर्फ जाँदै गरेको मे १ ख २६९८ न. को ट्रकले सो मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार (तत्काल मोटरसाइकल चालक तथा पछाडी सवार नखुलेको) तेह्रथुम आठराई ४ बस्ने बर्ष ३० का बिरबहादुर माझीको टाउको, अनुहार, दाहिने हात र खुट्टामा चोट लागेको छ । गम्भीर अबस्थाका माझीको बीएण्डसी अस्पताल बिर्तमोडमा उपचार भइरहेको छ । त्यस्तै सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने बर्ष २६ का दुर्गाप्रसाद माझीको दुवै हात र खुट्टामा चोट लागेको छ । मध्यम अवस्थाका उनको स्पाईनेक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएर मोटरसाइकल ,डब्लुबी७३ सी ५३६६ नं.को ट्रक र ट्रक चालक भारत दार्जिलिङ राज्य प्रधान नगर बस्ने बर्ष ३० का मिथलेश रायलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै तत्काल फरार रहेको मे १ ख २६९८ न.को ट्रक र चालक गौरादह –१ बस्ने बर्ष ४३ का लोकेन्द्र कार्कीलाई कनकाई –७ दुर्गापुर चौकबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।






