जेबि खड्का
गौरादह, २३ भदौ २०८३ । गौरादहमा संचालन भइरहेको महिला फुटबल प्रतियोगिताको मंगलबारदेखि सेमिफाइनलका खेल सुरु भएका छन् । जनता मा.बि. को खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा रोथखोला एफसी वेस्ट बंगाल विजयी भएको छ। रोथखोला एफसी वेस्ट बंगालले काकडभिट्टा महिला फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षीत गरेको छ।
स्पर्श क्लबको आयोजनामा संचालन भएको महिला फुटबल खेलको पहिलो सेमिफाइनल खेलमा वेस्ट बंगालले काकडभिट्टा महिला फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षीत गरेको हो। खेलको सुरुवाती समय देखिनै वेस्ट बंगाल टिमले काकडभिट्टा टिमलाई दबाबमा राख्न सफल भएपनि पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो। खेलको दोस्रो हाफ सुरु भएपछि काकडभिट्टा टिमले केही सुधारिएको खेल प्रदर्शन गरेपनि गोल गर्न सकेन। खेलको ४० औं मिनेटमा वेस्ट बंगालले पाएको कर्नरको पुर्ण सदुपयोग गर्दै सवनम रायले गोल गर्दै १-० को अग्रता कायम गरिन। खेलको ४७ औं मिनेटमा दिपा सिंहले वेस्ट बंगालका लागि गोल थप्दै २-० को अग्रता कायम गरिन। खेलको ६२ औं मिनेटमा दुबै टिमका खेलाडी बिच केही बिबाद भएपछि वेस्ट बंगालकि खेलाडी तन्नु बिष्वास र काकडभिट्टकि खेलाडी सैनवी खवास रातो कार्ड पायर मैदान बाहिरिएका थिए।
दुबै टिम १० खेलाडीमा सिमित बन्न पुगेको थियो। काकडभिट्टा टिमले पाएका केही अवसरहरु गोलमा परिणत हुन सकेन। खेलको ७० मिनेटमा काकडभिट्टाकि खेलाडी सरस्वती राजवंशीले प्राहर गरेको बल पोष्टबार बाधक हुदा गोल गर्नबाट चुकिन। बिजय टिमकी खेलाडी सार्नली बाला मेन अफ द म्याच घोषित भइन। बुधबार दोस्रो सेमिफाइनल खेल आयोजक स्पर्श क्लब र राङचा महिला फुटबल टिम केराबारी मोरङ बिच हुने आयोजकले जनाएको छ।






