Online Bichar
मंगलबार, भाद्र ०२, २०८३ | Tuesday, August 18, 2026

झापा, १ भदौ २०८३ । मिटरब्याजविरुद्ध पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् । आज दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय झापाको गेटमा मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिको आयोजनामा धर्ना दिइएको हो । मजदुर संघर्ष समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा ७० जनाको उपस्थितिमा मिटरब्याजविरुद्ध विभिन्न नारा लगाउँदै शान्तिपूर्ण धर्ना दिएका थिए ।

उनीहरुले ‘मिटरब्याज साहुलाई कार्बाही गर, कालोसूची बन्द गर, पक्राउ पुर्जी खारेज गर, भूमाफियालाई कार्बाही गर, पीडितलाई न्याय दे , भूमिहीन एक हौ’ जस्ता नारा लगाएका थिए ।

प्रशासन कार्यालयमा धर्ना दिएपछि सोही टोलीले जिल्ला प्रहरी कार्यालय झापाको मुल गेटमा पुगेर केहीबेर नारा लगाएको थियो ।

 

तपाईको प्रतिक्रिया