Online Bichar
बिहिबार, साउन २८, २०८३ | Thursday, August 13, 2026

काठमाडौँ, २७ साउन २०८३ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।

सम्झौता पत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गरेका छन् । ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ र शिक्षा तथा स्वास्थ्य समितिको यही साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको हो ।

स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्य योजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ ।

विभागीय प्रमुख ढकालले महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालयस्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकको पेसागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको बताए।रासस

तपाईको प्रतिक्रिया