काठमाडौँ, २५ साउन २०८३ । शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको अवधारणा पत्रसहितको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ।
आयोगले प्रकाशन गरेको सूचना अनुसार महिला सदस्य, अन्य सदस्य र अध्यक्ष पदका लागि परेका आवेदकहरूमध्ये संक्षिप्त सूचीमा छनोट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण भदौ २ गतेदेखि भदौ ४ गतेसम्म र अन्तर्वार्ता कार्यक्रम भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सञ्चालन हुने गरी तोकिएको छ।
प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुनेछ। सूचनामा उल्लेख भएअनुसार उम्मेदवारहरूले आवेदनसाथ पेस गरेका सम्पूर्ण कागजातका सक्कल प्रतिसहित निर्धारित समयभन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित हुनुपर्नेछ।
साथै, प्रस्तुतीकरण र अन्तर्वार्ता पर्ने दिन सार्वजनिक बिदा परेमा पनि उक्त कार्यक्रमहरू यथावत् रूपमा सञ्चालन हुने आयोगले जनाएको छ। अध्यक्ष पदका लागि मधुसूदन अधिकारी, यादवप्रसाद कोइराला, रघुराम विष्ट, डा.रोजनाथ पाण्डे, सुरेश अधिकारी र डा। हरिप्रसाद लम्साल संक्षिप्त सूचीमा छनोट भएका छन्।
सदस्य पदका लागि इन्द्रमणि पोखरेल, एकनारायण शर्मा, कृष्ण गोसाई, डम्बरकुमार बतास, डा।मुकुन्दमणि खनाल, रामशरण सापकोटा, रामाशीष यादव, शिवकुमार कार्की, सरोज कुमार के।सी।र हीरामणि शर्मा परेका छन् । संक्षिप्त सूचीअन्तर्गत महिला सदस्य पदका लागि डा।दिव्या दवाडी, पवित्रा सुवेदी, राज्यलक्ष्मी श्रेष्ठ, विष्णु घिमिरे रिमाल र शिवकुमारी बराल घिमिरे छनोट भएका छन्।






