Online Bichar
शनिबार, साउन १६, २०८३ | Saturday, August 1, 2026

काठमाडौं, १५ साउन २०८३ । सेयर साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबारदेखि ओरालो लागेको नेप्से परिसूचक शुक्रबार आएर सकारात्मक देखिएको हो।

नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ३८ करोड बराबरको सेयर कारोबार भएको थियो।

नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा बढेको छ। यसदिन ३३७ वटा स्क्रिप्सको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १८० वटा स्टक्सको मूल्य बढ्दा ८२ वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन एभरेष्ट कलर लिमिटेडको सेयर सर्वाधिक १४.९९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीले १७ करोड २६ लाख मूल्य बराबरको सेयर कारोबार गर्‍यो। ग्लोबल आईएमई बैंकले १५ करोडको कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १४ करोड,रिलायन्स स्पिनिङ्गस मिल्सले ११ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकले १० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

नन लाइफ र ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए।

तपाईको प्रतिक्रिया