Online Bichar
शनिबार, साउन १६, २०८३ | Saturday, August 1, 2026

काठमाडौं, १५ साउन २०८३ । सुनसरीमा हिंसात्मक घटनापछि तनावग्रस्त सिरहामा शुक्रबार (साउन १५) दिउँसो अज्ञात समूहले दुई ठेलामा आगजनी गरेको छ । सिरहाको सुखीपुर नगरपालिका–७, बल्हीचोक क्षेत्रमा गाउँटोलमा स्टीलका भाँडाकुँडा र सोनपापडी बेच्दै हिँडेका व्यक्तिका दुई ठेलामा तोडफोड र आगजनी गरिएको हो ।

किन र कसले आगजनी गरेको भन्ने खुलेको छैन । बिहीबार (साउन १४) सिरहामा विरोध प्रदर्शनका क्रममा गोली चलाइँदा एक बालकको मृत्यु भएको थियो । त्यसविरुद्ध प्रदर्शनका घटना भइरहेको छ । प्रदर्शनमै सहभागीले आगजनी गरेर भागेको आशंका गरिएको छ ।

घटनास्थलमा नेपाली प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

 

तपाईको प्रतिक्रिया