Online Bichar
बिहिबार, साउन १४, २०८३ | Thursday, July 30, 2026

झापा, १३ साउन २०८३ । राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्षमा बिशन लिम्बू चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल झापाको मंगलवार बिर्तामोडमा भएको पाँचौ बिस्तारित बैठकबाट बिशन लिम्बूको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । निर्माण व्यवसाय र कपडा व्यवसायमा संलग्न लिम्बू सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशील छन् । उनी नगर खेलकुद विकास समिति बिर्तामोडका सचिव र झापा गोल्डकपका कार्यसमिति सदस्य हुन् ।

नवगठित कमिटीको उपाध्यक्षमा उमेश मिश्र, सचिवमा सुलभ भण्डारी, सह सचिबमा संगिता खतिवडा र एसके लिम्बू रहेका छन् । कोषाध्यक्ष चयन हुन बाँकी रहेको छ । अन्य सदस्यहरु रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले झापाका जिल्ला कमिटी सचिव तुलसी कार्की , उपसचिव तथा मोर्चा प्रमुख अनिता कन्दङ्वा , युवा संघका कोशी प्रदेश अध्यक्ष फुर्वा लामा, केन्द्रीय अनुशासन आयोग सदस्य सरोज मेहरा , जिल्ला कमिटी सचिवालय सदस्य प्रवीण पोखरेल , जिल्ला कमिटी सदस्य तथा फाँट इन्चार्ज सागर पोर्तेल , जिल्ला कमिटी सदस्य प्रकाश लिङ्देन , नगर अध्यक्ष सुवास भट्टराई , अनेरास्ववियूका प्रदेश संयोजक नारायण पोखरेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बेले नवनिर्वाचित कमिटीलाई सपथ गराएका थिए । त्यस अवसरमा निवर्तमान अध्यक्ष फुर्वा लामालाई विदाई गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया