Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

काठमाडौं, १३ साउन २०८३ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय गठन गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले सचिवालय गठन गरेको हो ।

सचिवालयमा पार्टी सभापतिसहित सातजना रहनेछन् । सचिवालयमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् ।

त्यस्तै, मन्त्रीहरूले हरेक महिना पार्टीलाई ब्रिफिङ गर्नुपर्ने निर्णय पनि रास्वपाले गरेको छ ।

तपाईको प्रतिक्रिया