Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

काठमाडौं, १३ साउन २०८३ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ ।

बुधबार केन्द्रीय कार्यालयमा बसेको बैठकले ११ वटा निर्णय गरेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

बैठकले सुनसरीलगायतका जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ भने घटनामा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यस्तै, महाधिवेशनको समीक्षा, पार्टी सचिवालय गठन, वरिष्ठ नेतामा बालेन्द्र शाहको मनोनयन, सांगठनिक दस्तावेजहरू पारित विभागीय नेतृत्व छनोटमा कार्ययोजना माग, मन्त्रीहरूसँग प्रत्यक्ष संवाद, क्यान्डिडेट क्लबु घोषणा, अन्तर्राष्ट्रिय युवा दिवस मनाउने, नागरिक सहजीकरण र आत्महत्या ‌ र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिकासम्बन्धी निर्णय गरेको आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया