Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

ताप्लेजुङ, २२ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका(१० स्थित तारेभीरको जंगलमा एक साता अघि भएको डाइनेष्टिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ।

अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो।

उक्त दुर्घटनामा जमदार घिमिरेको निधनसहित ७ जनाको ज्यान गएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
सेतोपाटीबाट

तपाईको प्रतिक्रिया