Online Bichar
बुधबार, आषाढ ०३, २०८३ | Wednesday, June 17, 2026

झापा, ३ असार २०८३ । झापाको कचनकवल गाउँपालिका–४ पश्चिम लोदाबारीमा विद्युत् सर्ट भई एक घरमा आगलागी भएको छ । मंगलबार राति करिब ८ः१५ बजे स्थानीय बिमला गणेशको टिनको छानो र बाँसको टाटीबेरा भएको घरमा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुनचाँदी, नगदलगायतका सामान नष्ट भएका छन्। यद्यपि घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

स्थानीयवासी र दमकलको सहयोगमा आगो राति करिब ९ः१५ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया