Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, २८ जेठ २०८३ । बाँकेको बैजनाथ गाउँपालिका–५ मा प्रहरीमाथि एक महिलाले धारिलो हतियार प्रहार गरेकी छन् । बिहीबार (जेठ २८) ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका प्रहरी हवल्दारमाथि हतियार प्रहार गरिएको हो ।

हतियार प्रहार गरिएपछि महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतीकसिंह राठौरले जानकारी दिए ।

“विद्यालयको सरकारी जग्गा खाली गर्न प्रहरी टोली पुगेको थियो । एकजना हवल्दारमाथि महिलाले धारिलो हतियार प्रहार गर्नुभएको छ, उहाँको अवस्था सामान्य छ,” उनले भने ।

ती महिलामाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया