Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, २८ जेठ २०८३ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० बिहीबारको कारोबारमा पनि घटेको छ । बजार ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा झरेको छ । बजार घट्दा ८२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७८ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनी स्थिर रहे ।

बजार घट्दा कारोबार चार अर्बको पनि भएन । तीन अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटकमा किनबेच भएको छ ।

सोपान फर्माटिकल्स, एपालो हाइड्रो, बोटलर्स नेपाल (बालाजु), अपर लोहोरे खोला हाइड्रो, पिपुल्स हाइड्रोपावर लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ होटेल एन्ड टुरिजम र म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह बढेको छ । बाँकी ११ समूह घटेका छन् ।

तपाईको प्रतिक्रिया