Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

काठमाडौं, ११ साउन २०८३ । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड माधवलाई भेट्न उनकै निवास पुगेका थिए ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाएका छन् ।

विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति छ । यसबारे आफू निकट नेताहरुसँग आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव नेपालले छलफल गरेका थिए ।

‘हिजै प्रचण्ड कमरेडले भेट्न खोज्नुभएको हो । तर आज बिहान कोटेश्वरमै पुगेर उहाँहरूबीच कुराकानी भएको छ,’ नेपाल निकट स्रोतले भन्यो । छलफलका क्रममा प्रचण्डले सहमतिका क्रममा कमजोरी हुन पुगेको स्वीकारेको ती स्रोत बताउँछन् ।

सहमति बमोजिम कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले लिने अनि कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया