Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, २८ जेठ २०८३ । नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । बिहीबार (जेठ २८)  सुनको मूल्य तोलामा पाँच हजार १०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार (जेठ २७) सुनको मूल्य तोलामा १० हजार १०० रुपैयाँले घटेको थियो ।  छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । यसरी सुनको मूल्य दुई दिनमा तोलामा १५ हजार २०० रुपैयाँले घटेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया