Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १७ वैशाख २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रसँग सम्बन्धित नयाँ अध्यादेश जारी गरेका छन् । बिहीबार  उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी गरिएको हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने मंगलबार राष्ट्रपतिको कार्यालयमा सिफारिस पठाइएको थियो ।
नयाँ अध्यादेशमा बचत तथा ऋण सहकारी संस्थाको नियमन कडाइ गर्ने, इजाजतपत्र अनिवार्य गर्ने तथा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न ‘चक्रिय राहत कोष’ स्थापना गर्ने व्यवस्था समेटिएको छ ।

अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र दुवै सदनबाट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ । अन्यथा यो स्वतः निष्क्रिय हुने छ । सरकारले यसअघि नै कुल ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया