Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, १७ वैशाख २०८३ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार उठाउने निर्णय गरेपछि सीमावर्ती क्षेत्रका नागरिक प्रभावित भएको भन्दै थापाले उक्त नीति हटाउन आग्रह गरेका हुन् । उनका अनुसार यो नीतिले विशेषगरी मधेस तथा सीमा क्षेत्रका नागरिकको दैनिक जीवन कष्टकर बनेको छ । सीमामा आवतजावत गर्दा नागरिक त्रासमा पर्ने अवस्था सिर्जना भएको भन्दै उनले यो निर्णयलाई ‘नागरिकमैत्री नभई हेपाहा नीति’ भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले भनेका छन्, “यो नीति नागरिकमैत्री होइन, हेपाहा नीति हो। मधेसको दैनिकीमा लागेको घाउ हो। स्वयं भन्सार विभागले पनि यसबाट उल्लेखनीय राजस्व उठ्दैन भनेको छ, त्यसो भए यो नीति किन र कसका लागिरु”
उनले यस नीतिले सीमा क्षेत्रमा बसोबास गर्ने महिला, विद्यार्थी, किसान र श्रमिक वर्ग सबै प्रभावित भएको उल्लेख गर्दै नागरिकको सम्मान कायम राख्न नीति फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया