Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १६ वैशाख २०८३ । निजामती कर्मचारीहरूले अब आफ्ना व्यक्तिगत विवरण अनलाइनबाटै हेर्न र अद्यावधिक गर्न सक्ने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले बुधबारदेखि सबै सेवा डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याएको हो।

नयाँ प्रणाली लागू भएसँगै अब सेवाग्राही तथा कर्मचारीहरूलाई किताबखानामा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक लगायतका सेवाहरू अब अनलाइनमार्फत आफ्नै स्थानबाट गर्न सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार सेवाको पूर्ण डिजिटलीकरणसँगै प्रक्रिया छिटो, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ।

सोही अवसरमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले राष्ट्रिय किताबखानाको अनुगमन गर्दै प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिएकी छन्। सरकारले डिजिटल प्रशासनलाई सुदृढ गर्दै सेवा प्रवाहलाई आधुनिक बनाउने लक्ष्यसहित यो प्रणाली विस्तार गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया