Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १६ वैशाख २०८३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनुशासन कायम गर्न नयाँ निर्देशन जारी गरेकी छन्।

अबदेखि अस्पताल परिसरमा सम्बन्धित संस्थाको पूर्वस्वीकृतिबिना भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताका नाममा भिडभाड गर्ने तथा स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने गतिविधिमा पूर्ण रोक लगाइएको छ।

मन्त्रालयका अनुसार यस्ता कार्यले बिरामीको गोपनीयता हनन हुने, उपचार सेवा प्रभावित हुने र स्वास्थ्यकर्मीको काममा बाधा पुग्ने भएकाले कडाइ गरिएको हो। यस्ता कार्यमा संलग्न व्यक्तिलाई ‘मुलुकी अपराध संहिता, २०७४’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

मन्त्री मेहताले उपचारको क्रममा समस्या वा कमजोरी भएमा अस्पताल तोडफोड वा होहल्ला नगरी सम्बन्धित निकायमा तथ्यसहित उजुरी दिन आग्रह गरेकी छन्।

तपाईको प्रतिक्रिया