Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, १६ वैशाख २०८३ । सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ। यसअघि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार तथा कार्यविधि) सम्बन्धी अध्यादेश र सहकारी ऐन सम्बन्धी अध्यादेश जारी गरिसकेको सरकारले पुनः तीन अध्यादेश सिफारिस गरेको हो।

सरकारले सिफारिस गरेका नयाँ अध्यादेशहरू राष्ट्रपतिको कार्यालय पुगिसकेको स्रोतले जनाएको छ। तीमध्ये स्वास्थ्य सेवा सम्बन्धी, केही नेपाल ऐन संशोधन सम्बन्धी तथा अर्को एक अध्यादेश रहेका छन्।

स्रोतका अनुसार केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेशमार्फत १२ वटा विभिन्न ऐन संशोधन गर्ने तयारी गरिएको छ। सरकारले आवश्यक कानुनी सुधार तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउन अध्यादेशमार्फत काम अघि बढाएको बताइएको छ।

तपाईको प्रतिक्रिया