Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, १४ वैशाख २०८३ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्।
सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिएका छन्।

यसअघि सोही दिन बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि आङ्देम्बेलाई दलको नेता बनाउने विषयमा सहमति जुटाएको थियो। उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिनसम्म छलफल गर्दै सर्वसम्मत चयनका लागि सहमति निर्माण गरेको थियो।

पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई संसदीय दलको नेतामा चयन भएको प्रमाणपत्रसमेत हस्तान्तरण गरिसकेका छन्।
नवनिर्वाचित दल नेता आङ्देम्बेले अब संसदीय दलको नेतृत्व गर्दै संसदभित्र पार्टीको भूमिका सुदृढ गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया