Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

झापा, १३ वैशाख २०८३ । जिल्लाको गौरीगंज गाउँपालिका–२ आपगाछीमा चट्याङ लागेर एक गाईको मृत्यु भएको छ।
आइतबार (२०८३ वैशाख १३) बिहान करिब ८ बजे स्थानीय पलानु राजवंशीको करिब ४० हजार रुपैयाँ बराबरको गाई खेतबारीमा बाँधिएको अवस्थामा चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ।

उक्त गाई घरबाट करिब ५० मिटर पश्चिम–उत्तरमा रहेको बिरीलाल राजवंशीको खेतबारीमा बाँधिएको अवस्थामा रहेको थियो।
चट्याङका कारण पशु चौपायामा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया