Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

झापा, १३ वैशाख २०८३ । जिल्लाको मेचीनगर नगरपालिका–१ जिर्मलेमा चट्याङ लागेर एक जना व्यक्ति घाइते भएका छन् भने एक माउ सुगुर मरेको छ।

आइतबार (२०८३ वैशाख १३) दिउँसो करिब १२:३० बजे पानीसँगै परेको चट्याङले स्थानीय माधव रिसालको घरको मिटर बक्समा क्षति पुर्‍याएको हो। सोही क्रममा ३८ वर्षीय माधव रिसाल घाइते भएका छन्। उनको टाउको र आँखामा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि दिप ज्योति आँखा अस्पताल पठाइएको छ। चट्याङका कारण घरको मिटर बक्समा क्षति पुगेको भए पनि अन्य भौतिक क्षति नभएको जनाइएको छ।

त्यस्तै, सोही स्थानमा करिब १०० मिटर टाढा रहेको एम.प्र. राईको खोरमा रहेको करिब ३५ हजार रुपैयाँ बराबरको एक माउ सुगुर पनि चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ।

तपाईको प्रतिक्रिया