Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

झापा, १३ वैशाख २०८३ । जिल्लाको झापा गाउँपालिका–१ लसुना क्षेत्रमा अवैध रूपमा भन्सार छली गरी ल्याइएको डिजेल प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार (२०८३ माघ १२) साँझ करिब ८ बजे नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय कुमरखोद बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको करिब १०० लिटर डिजेल फेला पारेको हो।

प्रहरी टोलीलाई देख्नासाथ अवैध रूपमा डिजेल ल्याउने व्यक्ति तेल छोडेर फरार भएको जनाइएको छ। बरामद गरिएको डिजेलको अनुमानित मूल्य करिब २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको उक्त डिजेल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ। प्रहरीले अवैध तस्करी नियन्त्रणका लागि निगरानी कडा बनाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया