Online Bichar
शुक्रबार, बैशाख ११, २०८३ | Friday, April 24, 2026

काठमाडौं, १० वैशाख २०८३ । थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचना जारी गर्दै माइकिङ सुरु गरेको छ।
प्रहरीले बिहीबार साँझ बस्ती क्षेत्रमा माइकिङ गर्दै भोलि बेलुकासम्म स्थान खाली गर्न आग्रह गरेको हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र बस्ती खाली गराउन निर्देशन दिएका थिए।

उक्त निर्देशनअनुसार प्रहरीले बस्ती खाली गराउने तयारी तीव्र पारेको हो। बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै सुकुम्वासी बस्ती व्यवस्थापन तथा हटाउने प्रयास गर्दै आएका थिए, तर त्यसमा पूर्ण सफलता भने मिलेको थिएन।
प्रहरीको पछिल्लो कदमसँगै थापाथली क्षेत्रको बस्ती व्यवस्थापन प्रक्रिया अब निर्णायक चरणमा पुगेको देखिएको छ।

तपाईको प्रतिक्रिया