Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

काठमाडौं, १० वैशाख २०८३ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल धितोपत्र बोर्ड को छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रमुख एआईजी डा. मनोज केसी ले गोल्छालाई सोही प्रकरणमा थप अनुसन्धान गर्न नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।
प्राप्त जानकारीअनुसार धितोपत्रसम्बन्धी विषयमा देखिएको अनियमितताबारे गरिएको प्रारम्भिक छानबिनपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको हो।

यद्यपि, घटनाको विस्तृत विवरण र आरोपको प्रकृतिबारे आधिकारिक रूपमा थप जानकारी सार्वजनिक गरिएको छैन।
प्रहरीले प्रकरणसँग सम्बन्धित अन्य पक्षहरूमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया