Online Bichar
शुक्रबार, बैशाख ११, २०८३ | Friday, April 24, 2026

झापा, १० वैशाख २०८३ । भारत सरकारको आर्थिक सहयोगमा झापाको गौरादह नगरपालिकामा विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ। कोशी प्रदेशको झापा जिल्ला गौरादह नगरपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको हो।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

करिब ५ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्की तथा अन्य सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि सिकाइ वातावरण थप सुधार गर्ने विश्वास व्यक्त गरे। उनीहरूले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र विकास सहकार्यले स्थानीय पूर्वाधार विकाससँगै नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया