Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, १० वैशाख २०८३ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्वासी हटाउनेबारे मन्त्रिपरिषद्‌बाट aकुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि सरकारका निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीको जिज्ञासामा प्रतिक्रिया दिँदै प्रवक्ता पोखरेलले भने, “मन्त्रिपरिषद्‌बाट सुकुम्वासी हटाउनबारे त्यस्तो कुनै निर्णय भएको छैन।”
सरकारले यस विषयमा कुनै आधिकारिक निर्णय नगरेको भन्दै फैलिएका भ्रमप्रति सचेत रहन समेत उनले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया