Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं, ७ वैशाख २०८३ । सरकारले पश्चिम एसियाका १२ देशमा सबै प्रकारका श्रम स्वीकृति पुनः खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यसअघि अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति पूर्ववत् अवस्थामा ल्याइएको हो।

अमेरिका–इजरायल–इरानबीच युद्धको अवस्था सिर्जना भएपछि सरकारले फागुन १७ गतेदेखि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा श्रम स्वीकृति रोकेको थियो।

वैदेशिक रोजगार विभागले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वैशाख ७ गतेको मन्त्रीस्तरीय निर्णयपछि ती देशमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण गरी सबै प्रकारका श्रम स्वीकृति पुनः खुला गरिएको हो।

विभागका अनुसार इराकका हकमा भने २०८२ पुस ११ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार नै प्रक्रिया अघि बढाइनेछ।
यो निर्णयसँगै रोजगारीका लागि पश्चिम एसिया जाने नेपाली कामदारका लागि बाटो पुनः खुला भएको छ।

तपाईको प्रतिक्रिया