Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, ७ वैशाख २०८३ । झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक साइकलयात्री घाइते भएका छन्। आज बिहान करिब ११:५० बजे बिर्तामोड नगरपालिका–३ लिटिल फ्लावर स्कुल नजिकको भित्री सडकखण्डमा बिर्तामोडबाट गरामनीतर्फ जाँदै गरेको बा ५२ प ३०५५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका ३६ वर्षीय कुमार विकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा घाइते भएका विकको घाँटीमा चोट लागेको छ। उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको र अवस्था सामान्य रहेको जनाइएको छ।

घटनालगत्तै प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी चौकी बिर्ताबजारमा राखेको छ।

मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–३ निवासी ५१ वर्षीय किशोर ढकाल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया