Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौं, ६ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन वैशाख १५ बाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा अधिवेशनसम्बन्धी तयारी र संगठनात्मक गतिविधिबारे छलफल भएको थियो ।

त्यस्तै, रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । सो बैठकमा सचिवालय बैठकले गरेका निर्णय तथा एजेन्डा अनुमोदन गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ ।

जिल्ला अधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचना विस्तार र सुदृढीकरण गर्ने रास्वपाको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया