काठमाडौं, ५ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले वैशाख ६ गते आइतबारका लागि बैठक आह्वान गरेका हुन्।
पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ बजे बस्ने बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड तथा विभिन्न कार्यविधिहरू तयार पार्ने विषयमा छलफल हुने प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्।
बैठकको मुख्य एजेण्डामा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहायता र लेवी सम्बन्धी विषयहरू रहेका छन्।






