Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

झापा, ४ वैशाख २०८३ । झापाको कन्काई नगरपालिकामा ठूलो परिमाणमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । आज बिहान ११:३० बजे झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर३७ आर १८६६ नं को मोटरसाइकललाई कन्काई-५ चप्रामारीमा चेकजाँच गर्दा प्लास्टिकसहित ६०८ ग्राम ५०० मिलिग्राम र प्लाष्टिकबाहेक ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । सो लागूऔषधसंगै दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एकजना नेपाली र अर्का भारतीय रहेका छन् । घटनाबारे केहीबेरपछि प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया