Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

काठमाडौं, २ वैशाख २०८३ । गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले बुधबार प्रदेशसभा सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले २०७९ साल मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट निर्वाचित भएको उल्लेख गर्दै २०८३ वैशाख २ गतेदेखि लागू हुने गरी पद त्याग गरेको जनाएका छन्। कुँवर मन्त्री पदका आकांक्षी रहेको बताइए पनि मन्त्रिपरिषद् विस्तारमा समावेश हुन नसकेपछि उनले सांसद पदबाटै राजीनामा दिएको स्रोतले जनाएको छ।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेस र एमालेबाट गरी आठ जना मन्त्री थपिएका छन्।

तपाईको प्रतिक्रिया