Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, ३० चैत २०८२ । मोबाइल लुटपाट गरी डिजिटल वालेटमार्फत बैंक खाताको रकम झिक्ने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठका १९ वर्षीय वीरबहादुर तामाङ, दोलखा मेलुङ गाउँपालिका–५ का १८ वर्षीय जनम तामाङ र खोटाङका १८ वर्षीय प्रज्वल राई रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्यालयका अनुसार, उनीहरूले एक व्यक्तिको मोबाइल लुटेर डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएका थिए। त्यसपछि वालेट रिसेट गरी बैंक खातामा रहेको १ लाख २७ हजार ६ सय रुपैयाँ झिकेको पाइएको छ।

घटनामा संलग्न तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया