काठमाडौं, २९ चैत २०८२ । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको उक्त विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत जारी गरिएको हो ।
सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना बढेपछि सरकारले अन्ततः आज विवरण सार्वजनिक गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएका विवरणहरू सार्वजनिक गरिएको जनाइएको छ ।






