Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठ्माडौं, २० चैत २०८२ । प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको मात्रै उमेदवारी परेको छ ।

शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर उनले सभामुख पदका लागि मनोनयनपत्र बुझाएका थिए ।

उमेदवारी मनोनयनका लागि ११ देखि २ बजेसम्मको समय तोकिएको थियो । यस अवधिमा अर्यालको मात्रै उमेदवारी परेको हो ।

नेकपा (एमाले) ले उमेदवारी दिने कि भन्ने छलफल भएको थियो । यद्यपि, उसले उमेदवारी दर्ता गराएन ।

अहिले २ः३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिने कार्यसूची छ । आइतबार (चैत २२) गतेको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन गरिनेछ ।

अर्यालका प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल छन् ।

प्रतिनिधिसभा निर्वाचनमा अर्याल काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका थिए । रास्वपाले करिब दुईतिहाइ मत (१८२ सिट) ल्याएको थियो ।

तपाईको प्रतिक्रिया