Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं,१० चैत २०८२ । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिनका लागि आयोग बनाउन सरकारसँग माग गरेका छन् । केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ,” थापाले भने, “रास्वपाले पनि त्यही भनेको छ । आयोग बनाउँछौँ र छानबिन गर्छौँ, अवैध हो भने सम्पत्ति जफत गर्न सहयोग गर्नेछौँ ।”

उनले यो आयोग बनाउन कांग्रेसको माग रहने बताउँदै भने,“यो ३५ वर्षको अवधिमा थुप्रै राम्रा काम पनि भएका छन् । पूर्वाग्रह नराखी २०४६ सालदेखि भदौ २४ मा नेताका घरमा जलेका नोटसम्मको छानबिन गर्नुपर्छ ।”

तपाईको प्रतिक्रिया