काठ्माडौं,१० चैत २०८२ । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् । ठगीको आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आज काठमाडौंबाट पक्राउ गरेको हो । अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नदिएको भन्दै कार्कीविरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ ।
यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा ‘तेल भिसा’ निर्माता तथा निर्देशकविरूद्ध पनि प्रहरीमा उजुरी परेको थियो ।
निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरूद्ध ०८१ कात्तिको अन्तिममा उजुरी परेको थियो ।
यो चलचित्र ०८१ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको थियो । अमेरिका बस्दै आएका नेपाली समुदायको कथामा यो चलचित्र निर्माण भएको थियो ।






