Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, ७ चैत २०८२ । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।

शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ समेत प्रदान गरियो ।

प्रा। डा। श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गरे । उनले प्रधानका कथाहरूको पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिए ।

उनले भने, “के समीक्षकहरूले परशु प्रधानका कथाहरूको सही समीक्षा गरेका छन् त रु मेरो विचारमा छैनन् । तसर्थ, अब नयाँ दृष्टिकोणका साथ उनका कथाहरूको समीक्षा र मूल्यांकन हुनुपर्छ ।”

उनले आफूले पनि प्रधानको एउटा कथाकृतिको ३५ पृष्ठ लामो भूमिका लेखेको स्मरण गर्दै भने, “त्यो भूमिका मैले केही दिनअघि पढेँ । पढेपछि लाग्यो, मैले परशु प्रधानको कथाहरूको मूल्यांकन गर्न सकेको रहेनछु ।”

उक्त भूमिका लेख्दा आफू ४० वर्षको रहेको उनले सुनाए । अहिले ८० वर्ष उमेर पार गरिसक्दा त्यसलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको उनले बताए । उनले प्रधानका दुई कथाको चर्चा गरे ।

उनले भने, “म परशु प्रधानका कथा र त्यसको सौन्दर्यशास्त्र विषयमा केही लेख्ने प्रयास गर्नेछु ।”

गीतकार रमण घिमिरेले गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताए । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गरे ।

 

तपाईको प्रतिक्रिया