Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं, ६ चैत २०८२ । चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गर्ने तयारी गरेको छ । शुक्रबार गते बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकार गर्ने विषयमा सबैजसोको धारणा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएको भए पनि औपचारिक निर्णय भने नभएको नेताहरूले बताए ।

उपसभापति विश्वप्रकाश शर्माले कार्यसमिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बिषयमा सात बुँदे प्रस्ताव प्रश्तुत गरेका थिए ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि थापाले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया